१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

तालिवानले चिनियाँ साइबर खुफिया भर्ती गरेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१६:oo

अफगानिस्तानको तालिवान सरकारले नागरिकलाई नियन्त्रणमा लिन चिनियाँ साइबर खुफिया भर्ती गरेको भन्दै पश्चिमा सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । तालिवानको अनुरोधमा बेइजिङले उत्कृष्ट सञ्चारविज्ञको समूह काबुल पठाएको र उनीहरूले अफगानिस्तानका नागरिकको फोन कल रेकर्ड गर्ने, इन्टरनेट प्रयोगलाई नियमन गर्न सक्ने तथा सामाजिक सञ्जाल नियन्त्रण गर्न सक्ने गरी काम थालेको द मिररले जनाएको छ । 

पश्चिमा इन्टेलिजेन्स स्राेतलाई हवाला दिँदै मिररले दिएको समाचारअनुसार सामाजिक सञ्जालमार्फत विद्रोहको सम्भावनालाई रोक्न यस्ता प्रविधिसहित चिनियाँ खुफिया एजेन्सीका प्रतिनिधि काबुल पुगेका छन् । अरब विद्रोहका वेला सामाजिक सञ्जालको व्यापक प्रयोग भएको थियो । 

मिररले अमेरिकी गुप्तचर स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘चीनले तालिवान आओस् भनेर यो स्थितिका लागि वर्षौँदेखि अपनत्व महसुस गर्दै आएको छ । यसले नागरिक सञ्चार लामो समयसम्म नियन्त्रणमा राखेको छ । तालिवानलाई चीनले यसरी बलियो बनाउन चाहेको छ कि उसविरुद्ध सामाजिक सञ्जालमार्फत अहिले विद्रोह नउठोस् ।’

तालिवानले नेसनल रेसिस्टेन्स फ्रन्ट, महिला अधिकारवादी कार्यकर्ताहरूले सहानुभूति बटुल्लान् भन्ने भयका कारण प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको छ । गत साता दुईजना पत्रकारलाई तालिवान समूहले कुटपिट गरेको थियो । द मिररलाई स्राेतले भनेको छ, ‘चीनले आफ्नो देशमा गरेजस्तै अफगानिस्तानमा पनि सर्भिलेन्स प्रणाली विकसित गरेको अवस्थामा तालिवानले ठूलो शक्ति आर्जन गर्ने स्थान हुनेछ ।’ किनभने अहिले मानव अधिकारका सन्दर्भमा अफगानिस्तानलाई विश्वले हेरिरहेको छ । 

ad
ad