१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दैलेख कारागारबाट २४ कैदीबन्दी रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:o४:oo

संविधान दिवसको अवसरमा नेपाल सरकारबाट सिफारिस भई राष्ट्रपतिद्वारा देशभरका कैदीबन्दी रिहा गर्ने क्रममा दैलेखका २४ जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान भएका दैलेखका २४ जना कैदीबन्दी रिहा भएको जिल्ला कारागार दैलेखका जेलर जितबहादुर खत्रीले जानकारी दिए ।  

रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना रहेका छन्, उनीहरूलाई २० वर्ष कैद फैसला सुनाइएको भए पनि दश वर्ष जेल सजाय काटिसकेपछि माफी हुने प्रावधानअनुसार रिहा भएका हुन् । अन्य कसुरमा परेका दुईजना र बहुविवाह कसुरमा सजाय भोगेका १६ जना कैदीबन्दी रिहा भएका हुन् । बहुविवाहमा परेमा ६ महिला र १० जना पुरुष रिहा भएको जिल्ला कारागार दैलेखले जानकारी दिएको छ । 

रिहा भएका कैदीबन्दीलाई आइतबार नै आफन्तको रोहवरमा बिदाइ गरिएको छ ।
 

ad
ad