मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज ३ आइतबार ०६:१९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

निपा भाइरस संक्रमणबाट कसरी जोगिने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज ३ आइतबार ०६:१९:००

भारतमा निपा भाइरस संक्रमण फैलिएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरिरहेको छ । संक्रमण फैलाउन सक्ने चमेरोहरू नेपालमा पनि पाइने हुँदा सावधानी अपनाउन सरकारले आग्रह गरेको हो । यद्यपि, सरकारले हालसम्म निपा भाइरस संक्रमणबारे कुनै अध्ययन गरेको छैन, न त संक्रमण पुष्टि भएको कुनै केस नै फेला परेको छ । 

स्वास्थ्य संस्थाहरूमा शंकास्पद लक्षणसहितका बिरामी देखापरेमा समयमै जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । पछिल्ला केही अध्ययनहरूले नेपालसहितका दक्षिण एसियाली मुलुकमा पाइने टेरोपस जातको  चमेरोबाट निपा भाइरस संक्रमण फैलिरहेको पुष्टि भएको छ । निपा भाइरस संक्रमणको ७५ प्रतिशत मृत्युदर रहेका कारण पनि यसलाई निकै घातक मानिएको हो । 

निपा भाइरस जनावरहरूको माध्यमबाट मानिसमा सर्ने गर्छ । चमेरो वा सुँगुरबाट मानिसमा सर्ने अध्ययनहरूले देखाएका छन् । यसबाहेक घोडा, बिरालो र कुकुरलगायतका घरपालुवा जनावरबाट पनि संक्रमण फैलिन सक्ने चिकित्सकहरूको चेतावनी छ ।

यो भाइरस सुँगुरहरूको बीचमा धेरै संक्रामक मानिन्छ, जसले भाइरसलाई मानिसहरूमा सार्न सक्छ । सामान्यतया तरल पदार्थ र सुँगुरको पिसाबबाट मानिसमा सर्न सक्ने सम्भावना अत्यधिक रहन्छ । यो घातक संक्रमणनजिकको मानव सम्पर्कका माध्यमबाट पनि प्रसारित हुन सक्छ । कोरोना भाइरसजस्तै एक संक्रमितको माध्यमबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले यसलाई घातक रोगको सूचीमा राखेको छ । 

भाइरसको इतिहास
निपा भाइरस अर्थात् एनआइभी पहिलोपटक सन् १९९९ मा मलेसियामा सुँगुर किसानहरूमा देखिएको थियो । सुँगुर र अन्य जीवबाट मानिसमा सरेको मानिने यो रोगले तत्कालीन समयमा सुँगुर किसानहरूमा प्रकोपका रूपमा देखिएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार, फल चमेरो जसलाई फ्लाइङ फक्स पनि भन्ने गरिन्छ, निपा भाइरसको प्राकृतिक होस्ट मानिन्छ ।