१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु, एक घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४८:oo

लमजुङको सदरमुकाम बेंसीसहरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।  दुर्घटनामा परी  मोटरसाइकलको पछाडि सवार बेंसीसहर नगरपालिका– ८ बस्ने २० वर्षीय राजेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा मृत्यु भएको हो।

आइतबार राति  करिब ११ः५० बजे बेंसीसहर नगरपालिका– ८ भीमसेनस्थानमा ग.२१प १७५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको  हो। प्रहरीका अनुसार मनाङे चौताराबाट सेराचोकतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलचालक बेंसीसहर नगरपालिका– ८ बस्ने २१ वर्षीय मनोज मरहठ्ठा घाइते भएका छन्।