मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २७ आइतबार १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार १२:५३:oo

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन्।

‘मलाई प्राप्त जानकारीअनुसार काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको छ,’ शाक्यले भने। शाक्यले काष्ठमण्डप पुनर्निर्माणले राम्रो कामका लागि सबै समुदाय, राजनीतिक कार्यकर्ता वा प्रतिनिधिहरू हातेमालो गरेर अघि बढ्न सफल हुने उदाहरण भएको बताए। 

कार्यक्रममा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्षसमेत रहेका बागमती प्रदेश सांसद राजेश शाक्यले काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको  जानकारी दिए।