मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २४ बिहीबार ०७:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेनेलीको दसैँ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २४ बिहीबार ०७:०८:००

इटालीमा निर्मित बेनेली मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले दसैँ, तिहार र छठको अवसर पारेर दसैँ अफर ल्याएको छ । कम्पनीले बेनेलीका सबै मोडेलका मोटरसाइकलमा लागू हुने गरी थ्रिएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको हो ।  

अफरअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनेपछि गरी तीनपटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार पहिलो ई–डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिने जनाइएको छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्ने वा बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्दा एक लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुने जनाइएको छ । ग्राहकलाई स्क््रयाच कार्ड प्रदान गरिनेछ र कार्डबाट समेत एक लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । मोटरसाइकल किनिसकेपछि ग्राहकलाई पाँच हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ । यसमा ग्राहकलाई विभिन्न प्रकारको गेम खेलाएर हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।