१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Saturday, 28 September, 2024
२o७८ भदौ २० आइतबार १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरको पाटन दरबार बुधबारदेखि घुम्न पाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १७:o३:oo

ललितपुरको पाटन दरबार आगामी बुधबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । कोभिड स्वास्थ्य मापदण्डसहित अवलोकनकर्तालाई प्रवेश दिइने निर्णय भएको हो।

दरबार प्रवेश गर्दा अवलोकनकर्ताले अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ । कोरोना संक्रमणलाई ध्यानमा राख्दै दरबारको प्रवेश गेटमा स्यानिटाइजर राखिएको छ । 

एकपटकमा २५ जनाभन्दा बढीलाई दरबारभित्र प्रवेश दिइनेछैन । संख्या बढेमा केहीलाई ढोकामा होल्ड गर्दै पठाइनेछ । 

पाटन संग्रहालय प्रमुख सुरेश लाखेले दरबार क्षेत्रमा अवलोकनकर्तालाई प्रवेश दिनका लागि सरसफाइको कार्य भइरहेको बताए । उनले पानी जमेर लेउ लागेका कारण अहिले सफा गर्ने कार्य भइरहेको पनि बताए । 

कोरोना संक्रमणलाई ध्यानमा राख्दै दरबारभित्र रहेको रेस्टुरेन्ट भने केही समयका लागि खोल्न दिइनेछैन । हाल विदेशबाट पर्यटक आउने क्रम रोकिए पनि पाटन र उपत्यकाका पर्यटकीय क्षेत्रमा केही पर्यटकहरू पहिलेदेखि बस्दै आइरहेका छन् । अवलोकनकर्ताले पुरानै दररेटमा दरबार अवलोकन गर्न पाउनेछन् ।