मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १५ मंगलबार १८:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालीमाटीको तरकारी बजारबाट हुन्डी कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १५ मंगलबार १८:४९:००

कालीमाटीको तरकारी बजारबाटसमेत हुन्डीको कारोबार हुने गरेको खुलेको छ। स्रोत नखुलेको  ३० लाख सात हजारसहित दुई अभियुक्त पक्राउ परेपछि यो तथ्य खुलेको हो।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएका टोलीले कालीमाटीस्थित स्टल- १८ बाट हुन्डीको रकमसहित काभ्रे चौँरीदेउराली– ३ का ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछाप सुनापति– १ का २१ वर्षीय रमेश तिमिल्सेनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मीनप्रसाद कालीमाटी तरकारी बजारमा  फलफूल बेच्छन्। सोही अवरणमा  हुन्डी कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ।