मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय महिला व्यापार मेला भर्चुअल रूपमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३३:oo

महिला उद्यमी महासंघ नेपालले काठमाडौंमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको पाँचौँ संस्करण भर्चुअल रूपमा हुने भएको छ । महासंघले कोभिड–१९ को महामारीका कारणले भदौ १७ देखि २१ गतेसम्म भर्चुअल मेला आयोजना गर्न लागेको हो । 

महासंघले अघिल्लो वर्ष पनि भौतिक उपस्थितिमा व्यापार मेला सम्पन्न गर्न नसकिएको र भर्चुअल वेबिनार तथा प्रदर्शनीहरूको सञ्चालन गर्ने प्रवृत्ति सुरु भएकाले आफूहरूले पनि भर्चुअल माध्यम रोजेको जनाएको छ ।

महिला उद्यमीहरूले बजारीकरणमा धेरै चुनौतीको सामना गरिरहेकाले अनलाइन प्लेटफर्ममा स्थानहरू उपलब्ध गराउँदै तथा विगतलाई निरन्तरता दिँदै स्थानीय तथा सामूहिक प्रयासमा मेला आयोजना हुन लागेको महासंघको भनाइ छ । महासंघले यस वर्षको मेलाका लागि ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने नारा तय गरेको छ ।  

मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादर देउवाले १६ गते भर्चुअल माध्यमबाटै गर्ने जनाइएको छ । मेलाले महिला उद्यमीहरूलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरूको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र बिक्रीका लागि एक साझा स्थल सिर्जना गर्ने महासंघले विश्वास व्यक्त गरेको छ ।

त्यस्तै, अनलाइन बजारीकरणका लागि महिला उद्यमीलाई प्रोत्साहन गर्ने, सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्धको स्थापना र सञ्जालको व्यवस्था निर्माणका लागि प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाइएको छ ।

मेलाका विशेष आकर्षणका रूपमा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हातेकागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका स्टल रहने महासंघले जनाएको छ ।