१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १४ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १४ सोमबार १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्य चलाउनेहरूले विकास र समृद्धिबारे बुझेनन् : तामाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १४ सोमबार १९:o२:oo

एकीकृत माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले विकास र समृद्धिबारे राज्यको नेतृत्वले बुझ्न नसकेको बताएका छन् । अखिल क्रान्तिकारी केन्द्रीय समितिले सोमबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘विकासको रटान लगाए पनि विकास र समृद्धि कुन चराको नाम हो र त्यसको जरो शिक्षासँग कसरी गाँसिएको हुन्छ भन्ने कुरा नै राज्यको नेतृत्वले बुझ्न सकेन । परिणाम हाम्रोसामु छ ।’

माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले निजी शिक्षा प्रणालीसँग लड्न विद्यार्थी संगठनहरू असफल भइसकेको बताए । 
शिक्षा तथा मानव स्रोत साधन केन्द्रका महानिर्देशक डा. वैकुण्ठ अर्यालले कर्पाेरेट क्षेत्रलाई अनिवार्य रूपमा शैक्षिक सामाजिक दायित्व वहन गर्न लगाउनुका साथै शिक्षा क्षेत्रमा वैदेशिक लगानीबारे निश्चित मापदण्ड तयार गर्नुपर्ने बताए । 

अखिल क्रान्तिकारीका उपाध्यक्ष तिलकराज भण्डारीले प्रस्तुत गरेको शैक्षिक कार्यदिशासम्बन्धी संगठनको अवधारणापत्रमाथि पूर्वविद्यार्थी नेताहरू रामदीप आचार्य, रमेश मल्ल, रत्न ढकाल, आरसी अधिकारीले धारणा राखेका थिए । 

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षा विभागीय समितिका अध्यक्ष निमप्रकाश राठोर, प्रा.डा. रमेश भट्टराई, खुला विश्वविद्यालय नेपालका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा, शिक्षा मन्त्रालयका उपसचिव अर्जुन रायमाझीले सुझाबसहित धारणा राखेको अखिल क्रातिकारीका प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।