१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १४ सोमबार
  • Sunday, 29 September, 2024
गणेश लम्साल विराटनगर
२o७८ भदौ १४ सोमबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिजेलले भरिएको ट्यांकर चोरी गर्ने एकजना पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल विराटनगर
नयाँ पत्रिका विराटनगर
२o७८ भदौ १४ सोमबार १८:१o:oo

तेल चोरी गरेर अकुत कमाउन पल्केका व्यक्तिहरूले अझै संगठित रूपमा चोरी गर्ने कार्य जारी राखेको पाइएको छ। नेपाल आयल निगमको विराटनगरस्थित प्रदेश १ को डिपोबाट इन्धन भरिएको ट्यांकर पार्किङ स्थलबाटै चोरी गरेर लगेका छन्।

बाराको अमलेखगन्जबाट धनुषातर्फ डिजेल ल्याउँदै गरेको ट्यांकर चोरी भएको घटना सेलाउन नपाउँदै विराटनगरस्थित डिपोबाट २० लाख मूल्यबराबरको  डिजेल भरिएको ना.४ख ४६९ नम्बरको ट्यांकर आइतबार राति १ बजे चोरी भएको थियो।

विराटनगर– ४ कञ्चनारीमा रहेको निगमको पार्किङ स्थलबाट डिजेल भरिएको ट्यांकर चोरेर आठ किलोमिटर उत्तरमा पुर्‍याएको पाइएको हो। प्रहरीले चोरीमा संलग्न विराटनगर– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको छ। खाना खाएर फर्केका चालक चाबी छाडेर बाहिर सुत्न गएको र सहचालक शौचालय गएको मौका पारेर चोरी भएको थियो। लगत्तै सूचना पाएपछि प्रहरीले केही समयमै ट्यांकर बुढीगंगा– ३ बाट नियन्त्रणमा लिएको हो।

शुक्रबार विराटनगरस्थित निगमको डिपोबाट पिडिओ लिएर हिँडेका ट्यांकरचालक यामकुमार खनाल र सहचालक शिव खनालले आइतबार राति १२ बजे अमलेखगन्ज डिपोबाट २० हजार लिटर डिजेल विराटनगर ल्याएका थिए। 

तरिएको तेल चोर्ने उद्देश्यले संगठित गिरोहको संलग्नता ट्यांकर चोरी भएको भन्दै मोरङ प्रहरी एसपी जनार्दन जिसीले सूक्ष्म अनुसन्धान थालेको बताए। एसपी जिसीले भने, ‘पम्पले नलिएसम्म डिजेल बिक्री हुँदैन। यसैले यो संगठित अपराध नै हो, हामी अनुसन्धान गर्दै छौँ।’ निगमको विराटनगरस्थित डिपोबाट पटकपटक चोरी हुँदै आए पनि अनुसन्धान निष्कर्षमा नपुग्दा घटना दोहोरिन छाडेका छैनन्।