मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ८ मंगलबार o८:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

केन्टको नयाँ आरओ वाटर प्युरिफायर बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार o८:३४:oo

नेपालका लागि केन्ट उत्पादनको आधिकारिक विक्रेता इओएल प्रालिले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ । कम्पनीले प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएको तथा शतप्रतिशत शुद्ध र अल्कलाइनसहितको पिउने पानी प्रदान गर्ने प्युरिफायर ल्याएको हो । 

यसमा पिएचको स्तर ८.५ देखि ९.५ को बीचमा सुनिश्चित हुने कम्पनीले जनाएको छ । यसले आरओ–युभी–युएफ–टिडिएस नियन्त्रणको बहुशुद्धीकरण प्रक्रिया प्रयोग गर्ने जनाइएको छ । युभी डिस्फेसन टेक्नोलोजीले शुद्ध पानीलाई भण्डारण ट्यांकीमा लामो समयसम्म शुद्ध राख्ने कम्पनीको दाबी छ ।

यस प्युरिफायरमा केन्टको मिनरल आरओ टेक्नोलोजीले शुद्ध पानीमा अत्यावश्यक प्राकृतिक खनिजहरू जोगाउन टिडिएस कन्ट्रोलर प्रयोग गर्ने जनाइएको छ । प्युरिफायरमा कम्प्युटरले नियन्त्रण गरिएको फिल्टर परिवर्तन अलार्म हुने हुनाले फिल्टर प्रतिस्थापन गर्ने समय र युभी फेल अलार्मले युभी बत्ती निष्क्रिय हुँदा सचेत गराउने कम्पनीले जनाएको छ । 

यो पूर्ण रूपले स्वचालित अपरेसन हुने हुनाले भण्डारण ट्यांकी भरिएपछि आफैँ बन्द हुने र भण्डारण ट्यांकीमा पानी अधिकतम तहभन्दा तल खसेपछि शुद्धीकरण प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ । यसको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ रहेको र देशभरिका सबै प्रमुख रिटेल आउटलेटमा उपलब्ध हुने जनाएको छ । इओएल प्रालि सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्था हो ।