मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ ५ शनिबार १६:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियामा लकडाउनको निर्णयविरुद्ध प्रदर्शन, दुई सयभन्दा बढी प्रदर्शनकारी पक्राउ

Read Time : < 1 मिनेट
२०७८ भदौ ५ शनिबार १६:२६:००

अस्ट्रेलियामा लकडाउनको निर्णयविरुद्धमा हजारौँ नागरिक प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएकामध्ये कम्तीमा २१८ प्रदर्शनकारीलाई प्रहरीले सिड्नीबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रदर्शनकारीले लकडाउनको नियम उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरूलाई प्रदर्शनमा रोक लगाएको थियो । प्रहरीको आदेश अस्वीकार गर्नेलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीचमा झडपसमेत भएको बताइएको छ। झडपमा कम्तीमा सात अधिकारी घाइते भएका प्रहरी कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दैनिक संक्रमितको संख्या बढेसँगै यहाँको न्यु साउथ वेल्स राज्य सरकारले सिड्नी र त्यसआसपासको क्षेत्रमा आगामी सेप्टेम्बरसम्म लकडाउन लागू गर्ने निर्णय गरेको थियो । महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेकाे हाे ।

यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ। सिड्नी र आसपासका क्षेत्रमा लागू गरिएको लकडाउन यही अगस्ट २८ मा सकिनै लाग्दा सरकारको नयाँ निर्णयले थप एक महिना लकडाउन लम्बिनेछ।