१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार २o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री ओलीले भने- मेरो कुनै जागिर छैन, जसले चाहे पनि मलाई सदुपयोग गर्न सक्नुहुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:५o:oo

नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको भन्दै जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले  जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै  आफू त्यसका लागि तयार रहेको बताए । उनले भने, ‘देशको, जनताको सेवाबाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यसकारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पार्‍यो । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईंहरू काम लगाउनुहोस् ।’

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर वाचनसमेत गरेका थिए । 
 

ad
ad