प्रमुख प्रतिपक्षी दल एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्राचार गरेको छ ।
पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरू, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई सांसदबाट पदमुक्त गर्न एमालेले पत्र पठाएको हो ।
पत्र दर्ता भइसकेको संसद् सविचालयले जनाएको छ ।