१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १६:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेटौँडा इजलासबाट ५७ प्रतिशत मुद्दा फर्स्याेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १६:३१:oo

उच्च अदालत पाटन हेटौँडा इजलासले गत आर्थिक वर्ष ०७७/७८ मा ५७.१६ प्रतिशत मुद्दा फर्स्याेट गरेको छ । अघिल्ला आर्थिक वर्षमा ६० प्रतिशत बढी मुद्दा फर्स्याेट गरेको इजलासले गत आवमा लक्ष्यभन्दा ३० प्रतिशत कम मुद्दा छिनोफानो लगाएको हो।

८७.९६ प्रतिशत फर्स्याेट गर्ने लक्ष्य लिएको इजलासले मकवानपुर र चितवन जिल्लाका ५७.१६ प्रतिशत मुद्दा छिनोफानो लगाएको तथ्यांकमा उल्लेख छ । इजलासका अनुसार गत आव ०७७/०७८ मा अघिल्लो वर्ष जिम्मेवारी सरेको चार सय आठ, नयाँ दर्ता एक हजार ३७, जम्मा लगत एक हजार चार सय ४५, फर्स्याेट आठ सय २६ मध्ये बाँकी ६१९ वटा मुद्दा रहेको छ।

गत आवमा नयाँ दर्ता एक हजार ६१ अनुमान, अनुमानित वार्षिक लगत एक हजार चार सय ६९ मध्ये वार्षिक फर्स्याेट लक्ष्य नाै सय ३९ (८७.९६ प्रतिशत) रहेको इजलासका शाखा अधिकृत केशव कौशिकले जानकारी दिए। इजलासमा दुई वर्ष नाघेका मुद्दा बाँकी नरहेको कौशिकले बताए । उनका अनुसार १८ महिनादेखि दुई वर्षभित्रका २६ वटा मुद्दा फर्स्याेट हुन बाँकी रहे पनि दुई वर्ष नाघेका मुद्दा इजलासले सबै फैसला गरिसकेको छ ।

चालू आर्थिक वर्षमा जिम्मेवारी सरेका ६ सय १९, नयाँ दर्ता अनुमान एक हजार एक सय ४९, अनुमानित वार्षिक लगत एक हजार सात सय ६८ र वार्षिक फर्स्याेट लक्ष्य एक हजार १९४ हुने इजलासको तथ्यांकमा उल्लेख छ। इजलासले पुनरावेदन, राजस्वतर्फ अदालतको अवहेलना, वाणिज्यतर्फ साधक जाहेरी, रिट र निषेधाज्ञा पहिलो दर्तामै प्रक्रिया अघि बढाउने मुद्दाअन्तर्गत राखेको छ।

यसैगरी, चितवन जिल्ला अदालतले गत आवमा तीन हजार आठ सय ३० लगतमध्ये ६३.५५ प्रतिशत अर्थात् दुई हजार चार सय ३४ मुद्दा फर्स्याेट गरेर एक हजार तीन सय ९६ मुद्दा बाँकी राखेको छ। मकवानपुर जिल्ला अदालतमा गत आवमा भएका दुई हजार लगतमध्ये नाै सय ८४ अर्थात् ४९.५ प्रतिशत फर्स्याेट गरेर एक हजार १६ वटा मुद्दा बाँकी राखेको इजलासले जनाएको छ।

ad
ad