मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ३० शनिबार २१:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने राजेन्द्र महतोको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ३० शनिबार २१:२४:००

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ता भेलामा महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे ।

उनले भने, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाइँ लड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेस तयार छ । पहाड र हिमालका जनता पनि तयार हुनुप¥यो ।’

कार्यक्रममा नेता महन्थ ठाकुरले सांसद रमेश चौधरीलगायतका मधेस आन्दोलनका क्रममा बन्दी बनेका, झुटा आरोप लागेका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरे । 

अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरूको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए ।