१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २९ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २९ शुक्रबार १९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : मन्त्रिपरिषद् विस्तार हुने सम्भावना तत्काल देखिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २९ शुक्रबार १९:३३:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको बताएका छन् । शुक्रबार पार्टी कार्यायल पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले अझै केही दिन मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको बताएका हुन् ।

शनिबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकको तयारीस्वरूप बसेको स्थायी कमिटी बैठकमा नेताहरूले उक्त विषय उठाएपछि प्रचण्डले विभिन्न पार्टीभित्र आन्तरिक समस्या रहेको र मुख्य गरी नेकपा एमालेको माधव नेपाल समूहलाई पर्खिरहेका कारण मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न नसकेको बताएका थिए ।

‘मन्त्रिपषिद् विस्तार गर्नुपर्छ भनेर त लागेकै छौँ, तर तत्काल अघि बढ्ने सम्भावना देखिँदैन,’  बैठकमा प्रचण्डले भने, ‘पार्टीहरूका आन्तरिक समस्या पनि छन्, साथै माधव कमरेडहरूलाई पनि केही दिन पर्खिने कि भन्ने जस्तो छ । ठोस केही बनिसकेको छैन ।’

नयाँ सरकार गठन भएको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न सकेको छैन । अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँगै  अन्य चार मन्त्री र एकजना राज्यमन्त्री मात्रै नियुक्त भएका छन् । गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना सुरु भएको छ । 

साथै माओवादी केन्द्रको शनिबार बस्ने स्थायी कमिटी बैठकमा विधान संशाेधनको प्रस्तावलाई पेस गरिने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । शुक्रबार बसेको स्थायी कमिटीलाई शनिबारको केन्द्रीय समितिको तयारीका लागि डाकिएको भनिए पनि अध्यक्ष प्रचण्डले दस्ताबेज लेखनको काम नसकिएको जानकारी गराएका थिए । यद्यपि शनिबार बिहानसम्म उक्त काम सकिने र बैठकमा प्रस्तुत हुने जानकारी प्रचण्डले बैठकमा दिएका छन् ।