१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २८ बिहीबार ०७:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विपन्न वर्गलाई २० युनिटसम्म नि:शुल्क विद्युत् एक महिनाभित्रै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २८ बिहीबार ०७:४१:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरूलाई नि:शुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेकी छिन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले निर्णय गरिसकेको र एक महिनाभित्रै कार्यान्वयन गर्ने तयारी रहेको उनले जानकारी दिइन् । ‘सञ्चालक समितिको निर्णयअनुसार समायोजन गर्न विद्युत् नियमन आयोगमा पठाइसकिएको छ’ उनले भनिन् । 
 

मन्त्री भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउने बताइन् । तर, प्रदेश २ मा सोलार आयोजना निर्माण गरिने भएको छ । त्यस्ता आयोजना तमोर ७५६ मेगावाट, दूधकोसी ६३५ मेगावाट, सुनकोसी–३ ५३६ मेगावाट, बुढीगण्डकी १२०० मेगावाट, नल्सिङगाढ ४१० मेगावाट, नौमुरे २४५ मेगावाट, माडी दाङ डाइभर्सन र पश्चिम सेती ७५० मेगावाटलगायतका आयोजना रहेका छन् । 

त्यस्तै, मन्त्रालयले निर्माणाधीन आयोजनाहरूको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउने भएको छ । निर्माणाधीन आयोजनाहरूमा रसुवागढी १११ मेगावाट, सान्जेन ५७ मेगावाट, मध्यभोटेकोसी १०२ मेगावाट, त्रिशूली ३ बी ३७ मेगावाट, राहुघाट ४० मेगावाट, तनहुँ सेती १४० मेगावाट रहेका छन् । मन्त्रालयले सबै जिल्लामा दुई वर्षभित्रमा पूर्ण विद्युतीकरण गरिने योजना सार्वजनिक गरेको छ ।