मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ श्रावण २७ बुधबार १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाग बनाउने आठाैँ पुस्ताका चित्रकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार १९:१२:oo

नरेन्द्र चित्रकार (६०) पञ्चमीको पूर्वसन्ध्यामा अर्थात् बुधबार बेलुका असनको मच्छिन्द्रबहालअगाडि नागको चित्र बिक्री गरिरहेकाे अवस्थामा भेटिए। उनको परिवारले पुर्ख्यौली रूपमा हातैले नागको चित्र कोर्दै आएको छ ।

आफ्नो परिवारले आठाैँ पुस्तादेखि नागको चित्र बनाउने गरेको नरेन्द्र बताँउछन्। पछिल्लो समय भने डिजिटल रूपमा नागको चित्र बन्न थालेपछि बिक्री शून्य अवस्थामा रहेको चित्रकारको गुनासो छ। बहुदल आउनुअघिसम्म भने परिवारका सबैले चित्र बनाउँदा पनि माग धान्न गाह्रो भएको सम्झना उनलाई छ। पछिल्लो समय धेरै कमैले मात्र यसरी चित्र कोरेर बिक्री गर्ने गर्छन्।

बिस्तारै यो पेसा लोप हुँदै गएकोमा उनी चिन्तित छन्। उनी भन्छन्, ‘सबैले छाडिसके होला, फाट्टफुट्ट एक–दुईजना होलान्। मेरो पुस्तापछि त खै के हुन्छ, छोराले काम गर्न छाडिसक्यो।’