त्रिभुवन विश्वविद्यालयको कानुन संकायको डिन कार्यालय भवन शिलान्यास भएको छ । बुधबार विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले भवनको शिलान्यास गरेका हुन् ।
उक्त भवन पाँच करोड ३६ लाख २३ हजार रुपैयाँमा निर्माण हुन लागेको हो । भवन निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको कानुन संकायका डिन र किरातेश्वर पचली भैरव जेभीसँग सम्झौता भएको डिनको कार्यालयले जानकारी दिएको छ ।