१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २५ सोमबार
  • Saturday, 29 June, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २५ सोमबार १६:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

मौद्रिक नीतिको पर्खाइमा सेयर बजार, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २५ सोमबार १६:५o:oo

राष्ट्र बैंकले यसै साता मौद्रिक नीति जारी गर्ने बताएपछि सेयर खेलाडीहरू मौद्रिक नीतिपछिको सेयर बजारको पर्खाइमा बसेका छन् । बजारको ध्यान यतिवेला मौद्रिक नीतितर्फ केन्द्रित हुन थालेको छ । विश्लेषकहरू मौद्रिक नीतिपछि भने सेयर बजारको आगामी यात्राको विश्लेषण गर्न सकिने बताउँछन् । मौद्रिक नीतिको ढिलाइले पनि लगानीकर्ता यतिवेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।

एक विश्लेषक भन्छन्, ‘मौद्रिक नीतिपछि लगानीकर्ता स्पष्ट हुन सक्नेछन् बजार घट्ने र बढ्नेको निर्णयमा पुग्नेमा केन्द्रित हुन सक्नेछन्, नेप्सेको आगामी यात्रा पनि मौद्रिक नीति बन्न सक्छ ।’

सोमबार नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३ हजार १ सय ९ दशमलव ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स २ अंकले घटेर ५ सय ७५ दशमलव ९५ बिन्दुमा पुगेको छ ।

सोमबार नेप्सेमा दिनभरजसो घटबढ हुने क्रम जारी रहे पनि कारोबारको अन्तिममा नेप्से हरियाली हुँदै बन्द हुन पुगेको थियो । बजार हरियाली भएर बन्द हुँदा लगानीकर्ताहरूले आगामी बजारको भविष्य सकारात्मक नै रहने भन्ने बुझ्नेछन् । झिनो अंकले सुधारिएको बजारमा लगानीकर्ताहरूको ध्यान हाइड्रोतर्फ नै मोडिएको छ । पछिल्लो समय विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुने हल्ला चल्न थालेपछि हाइड्रोपावरतर्फ लगानीकर्ताको आकर्षण चुलिएको हो । यस दिनको कारोबारमा हाइड्रोपावर समूहको सूचक ३ दशमलव ३५ प्रतिशतले बढेको छ । फाइनान्स र निर्जीवन बिमा समूहमा सामान्य हरियाली हुँदा होटेल तथा पर्यटन र विकास बैंकका लगानीकर्ता निराश बनेका छन् । 

नौ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार
नौ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । सर्किट लाग्ने कम्पनीहरूमा आइसिएफसी, कर्पोरेट डेभलपमेन्ट, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रो लिमिटेड, जीवन विकास लघुवित्त, न्याग्दी गु्रप पावर, युनियन लाइफ इस्योरेन्सको सेयर १० प्रतिशतले बढ्दै सर्किट मूल्यमा काराबोर भएको छ । हिमालयन ऊर्जा विकास कम्पनी, युनाइटेड मोदी हाइड्रो पावर कम्पनीको सेयरमा लगानीकर्ताले आकर्षण बढाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, सारथी नेपाल लघुवित्त, न्युरुद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता निराश बनेका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २४ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

ad
ad
ad
ad