१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २५ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २५ सोमबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जसपालाई दर्ताअघिकै अवस्थामा फर्काउन माग गरिएको रिटमाथि सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २५ सोमबार ११:४२:oo

जनता समाजवादी पार्टी (जसपा)लाई दर्ताअगाडिको अवस्थामा फर्काउन माग गरिएको रिटमाथि सोमबार सुनुवाइ हुने भएको छ। जसपाको एकता प्रक्रिया नै त्रुटिपूर्ण रहेकाले एकताअघिकै अवस्थामा फर्काउन माग गर्दै दायर गरिएको उक्त रिटमाथि सुनुवाइ तोकिएको हो ।

अधिवक्ता राजकुमार थापालगायलते दायर गरेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाको इजलास तोकिएको छ। रिट निवेदक अधिवक्ता थापाका अनुसार राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल मिलेर बनेको जसपाको एकता प्रक्रिया सुरुदेखि नै प्रक्रिया संगत नरहेकाले एकता बदर गर्न माग गरिएको छ ।

सर्वोच्चले आज अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि बोलाएको हो । निर्वाचन आयोगले साउन ११ मा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ। जसपाको आधिकारिकता यादव पक्षले पाएपछि महन्थ ठाकुर पक्ष दलविहीन अवस्थामा रहेको छ। जसपाको आधिकारिकताको विषय निर्वाचन आयोगमा रहेकै समयमा असार २७ मा पार्टी एकता बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो। रिटमा आयोगसमेतलाई विपक्षी बनाइएको छ।

ad
ad
ad
ad