मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण २१ बिहीबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण २१ बिहीबार o८:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक पत्रकारिता हाते पुस्तक सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण २१ बिहीबार o८:४o:oo

नेपाल आर्थिक पत्रकार समाज सेजनले प्रकाशन गरेको आर्थिक पत्रकारितासम्बन्धी हाते पुस्तक अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेका छन् । नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाका रूपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको हो । आर्थिक क्षेत्रका सबैजसो विधा समेटर ल्याइएको पुस्तक १४ अध्यायमा विभाजन गरिएको छ ।  

विश्व बैंकको सहयोगमा प्रकाशन गरिएको पुस्तकले आर्थिक विषयवस्तु सहज बनाउनुका साथै सैद्धान्तिक पक्षहरू समावेश गरिएको छ । पुस्तक विमोचन कार्यक्रममा अर्थमन्त्री शर्माले पुस्तक अर्थका विषयमा जानकारी लिनका लागि उपयोगी हुने बताए । ‘आर्थिक क्षेत्रमा काम गर्ने र रुचि राख्‍ने सबैलाई यो पुस्तक निकै उपयोगी हुन्छ’ शर्माले भने । 

आर्थिक विषयमा कलम चलाउन रुचाउनेका लागि यो महत्वपूर्ण हुने उनको भनाइ रहेको छ । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अर्थपत्रकारिताको विकासका लागि पुस्तक महत्वपूर्ण भएको बताए । उनले अर्थ र वित्त क्षेत्रमा कलम चलाउन रुचि राख्नेका लागि उपयोगी हुने बताए ।