१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २० बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २० बुधबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा आधिकारिकता मुद्दामा कारणदेखाउ आदेश जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २० बुधबार १४:१६:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारेको मुद्दामा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ। महन्थ ठाकुरले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश दिएको हाे ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार रिटमा अन्तरिम आदेश माग गरिएको सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै कारणदेखाउ आदेश जारी गरेको छ।

‘रिटमाथि कारणदेखाउ आदेश जारी भएको छ। अन्तरिम आदेश माग गरिएको भने मागअनुसार भएन,’ उनले भने, ‘अघिल्लो मुद्दासँग साथै राखी जवाफ पेस गर्ने भन्ने आदेश भएको छ।’

निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले साउन १५ मा आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।