मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण १८ सोमबार १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्चीको बाढीबाट विस्थापित भएकालाई तत्काल सुरक्षित बसोवासको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण १८ सोमबार १७:५४:oo

संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरूलाई तत्काल सुरक्षित बसोवाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षति र त्यसबाट विस्थापितलाई तत्काल सुरक्षित बसोवाससहित राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

सो आयोजनामा आएको बाढीका कारण विस्थापित भएका नागरिकलाई तत्काल सुरक्षित बसोवाससहितको राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकमा आयोजनामा बाढीका कारण पुगेका क्षतिबारे खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र आयोजनाका प्रमुख रामकुमार श्रेष्ठले समितिलाई जानकारी गराए ।

खानेपानी मन्त्रालय र सम्बन्धित आयोजनाका पदाधिकारीबाट सो आयोजनाको जानकारी लिएपछि समितिले आयोजना क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्न पनि सरकारलाई सचेत गराएको छ ।