१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इन्टरमोडल ट्रान्सपोर्ट बोर्डसँग नेपाल–भारत चेम्बरको छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:११:oo

नेपाल–भारत उद्योग वाणिज्य संघले आइतबार नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलसँग छलफल गरेको छ । संघ सचिवालयमा नेपालमा इन्टरमोडल ट्रान्सपोर्टको क्षेत्रको वर्तमान अवस्था, यसकाे विकासलगायत विषयमा छलफल भएको हो । 

संघका उपाध्यक्ष सुनिल केसीले कार्यकारी निर्देशक गजुरेललाई स्वागत गर्दै नेपालको आर्थिक विकासको लागि विषेश महत्वका साथ ध्यान दिन र उत्थान गर्न  अति आवश्यक रहेको बताए । 

नेपाल–भारत उद्योग वाणिज्य संघका महासचिव आरबी रौनियारले संघले नेपाल–भारत व्यापार, पारवहन तथा लगानी प्रवर्द्धनलगायत दुईदेशबीच हुने आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सहजकर्ताको रूपमा कार्य गर्दै आइरहेको बताए । उनले नेपालमा मल्टिमोडल तथा इन्टरमोडल ट्रान्सपोर्टको अवधारणाको सुरुवाती समयदेखि नै आफूहरू यसको विकास तथा अन्तर्राष्ट्रिय व्यवस्थाअनुरूप नेपालमा पनि यसको विकासका लागि कार्य गर्दै आएको जानकारी गराए । 

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत सडक यातायात तथा पारवहन कमिटीका सभापति प्रकाशसिंह कार्की, नेपाल फ्रेट फरवार्डर्स एसाेसिएसनका अध्यक्ष नरेश अग्रवाल, नेपाल फ्रेट फरवार्डर्स एसाेसिएसनका पूर्वअध्यक्ष राजन शर्मा पनि कार्यक्रममा सहभागी थिए । 

उपाध्यक्ष केसीका अनुसार अहिले नेपालमा सञ्चालित विभिन्न यातायातका क्षेत्रलाई एकीकृत रूपमा इन्टरमोडल ट्रान्सपोर्टअन्तर्गत जोड्न पहल गर्नुपर्ने विषयमा छलफल भएको थियो । उनले  हवाई माध्यमबाट हुने ढुवानीलाई मल्टिमोडल ट्रान्सपोर्टअन्तर्गत ल्याउनुपर्नेमा पनि जोड दिएको बताए । 
 

ad
ad