१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १७ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण १७ आइतबार १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दार्चुला घटनाको छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण १७ आइतबार १६:१६:oo

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेकोबारे तत्काल अध्ययन तथा छानबिन गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो ।

समितिको निर्णय सुनाउँदै सभापति पवित्रा निरौला खरेलले भनिन् 'दार्चुलामा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइनको डोरी काटिदिएको भन्ने कुरा आएको छ । यसको तत्काल छानबिन गर्न सम्बन्धित मन्त्रालयलाई समिति निर्देश गर्दछ ।'