१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘आइएमई पे’ र साइकल सिटी नेटवर्कबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२२:oo

‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे)बीच साइकल यात्रा प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ । नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न सहभागी हुने साइकलयात्रीलाई प्रदान गर्ने नगद प्रोत्साहन आइएमई पेमार्फत प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौताअनुसार यात्रुलाई १ किमि साइकल यात्रा गरेबापत प्रदान गरिने ३ रुपैयाँको भुक्तानी पार्टनर आइएमई पे रहेको छ । अबदेखि ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हस्ताक्षरपछि आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे)को साइकल यात्रा प्रवर्द्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को हिस्साका रूपमा समर्थन गरेको बताए ।

‘आइएमई पे’को भुक्तानी सेवामार्फत सेवाग्राहीले अधिकतम फाइदा लिने उनले विश्वास व्यक्त गरे ।  ग्रिन वेका अध्यक्ष शैलेन्द्र डंगोलले साइकल यात्रा प्रवर्द्धन अभियानमा सहभागी साइकलयात्रीलाई आइएमई पेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीलाई अझ सजिलो हुने बताए । 

ad
ad