मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण १३ बुधबार १३:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धालाई सकस (फोटो फिचर)

Read Time : < 1 मिनेट
२०७८ श्रावण १३ बुधबार १३:३६:००

सामाजिक सुरक्षाको रकम बुझ्न बैंक पुगेका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरू सास्ती भोग्न बाध्य भएका छन् । सिराहा नगरपालिकाले सामाजिक सुरक्षाअन्तर्गत आठ हजारजनालाई विभिन्न सातवटा बैंकमार्फत रकम भुक्तानी दिँदै आएको छ । जिल्ला सदरमुकाममा सामाजिक सुरक्षा रकम बाँड्न बैंकहरूले व्यवस्थापनमा पर्याप्त ध्यान नदिदा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलाहरूलाई चर्को घाममा घन्टाैँ लाइन बस्नुपर्ने बाध्यता रहेको छ ।

गत आर्थिक वर्ष ०७७/७८ दोस्रो र तेस्रो किस्ताको रकम बुझ्न उनीहरू कोरोनाको जोखिमा मोलेर भिडभाड गरी बैंकको मूलगेटमा लामो लाइन बस्नुपरेको हो । ज्येष्ठ नागरिकहरूलाई सहज र छिटो सुविधा प्रदान गर्नुपर्ने भए पनि चर्को घाममा घन्टाैं कुर्नुपरेको गुनासो गरेका छन् । 

स्थानीय तहहरूले सामाजिक सुरक्षा रकममा अनियमितता नहोस् भनेर बैंकिङ प्रणाली अपनाएको छ । तर, विभिन्न वडाबाट सदरमुकामकेन्द्रित बैंकमा आउन पर्दा उनीहरूलाई सास्ती खेप्नुपरेको सिराहा नगरपालिका– ४ का ज्येष्ठ नागरिक मोहम्मद तालिमले बताए ।

रकम वितरणको जिम्मेवारी लिएको बैंकहरूले व्यवस्थापनमा ध्यान दिन पटकपटक आग्रह गरे पनि पहल नगर्दा अप्ठ्यारो भएको सामाजिक शाखा प्रमुख सञ्जय यादवले बताए । तेस्रो किस्तामा ६ करोड ५४ लाख ६२ हजार एक सय ४८ रुपैयाँ वितरण गर्न बैंकहरूलाई निकासा पठाएको प्रमुख यादवले बताए ।