महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

आइतबार, १० साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)भित्रको विवादको विषयमा अध्यक्ष महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।  निर्वाचन आयोगले पार्टी आधिकारिकताका  लागि ‘हेड काउन्ट’ गर्ने भन्दै सोमबार दुवै पक्षका कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएपछि महन्थ पक्षले त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेको थियो। 

न्यायाधीश कुमार रेग्मीको इजलासले उक्त विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  ठाकुर आफू प्रथम अध्यक्षको हैसियतले कार्यकारिणीमा हेरफेर गरेको दाबी गर्दै त्यसलाई आधिकारिकता दिन माग गर्दै सर्वोच्च गएका थिए। 
 

सुझावित समाचार