नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एकजनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाई सामाजिक सञ्जाल टिकटकमा पोस्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेकाले पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको सो ब्युरोले जनाएको छ। घिमिरेलाई जिल्ला अदालत झापाको आदेशले सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए। रासस
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक बनाउने पक्राउ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
३ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
मोटरबोट दुर्घटना अपडेटः तीनको मृत्यु, चार बेपत्ता, नौजना सकुशल सप्तकोशी नदीमा दुर्घटना भएको मोटरबोटमा १६ जना रहेको खुलेको…
बुधबारदेखि काठमाडौंमा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक बस्दै
काठमाडौं/ सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबिच बुधबारदेखि काठमाडौंमा सीमा सुरक्षाबारे समन्वय बैठक बस्ने भएको छ। बैठकमा…
नर्सिङ होमको शय्या थपमा ३० लाखको सौदाबाजी, पूर्वमन्त्री र स्वकीय सचिवमाथि कारबाही सिफारिस
कास्की/ पोखरास्थित एक नर्सिङ होमको शय्या संख्या ५० बाट बढाएर १०० पुर्‍याउने अनुमति दिने विषयमा ३० लाख रुपैयाँको आर्थिक सौद…
एनपिएल अवधिभर त्रिवि परिसर प्रवेश गर्न परिचयपत्र अनिवार्य
काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवधिभर त्रिभुवन विश्वविद्यालय परिसरभित्र प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएक…
मंगलबारसम्म धान भित्र्याउन आग्रह
काठमाडौं । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी मंगलबारसम्म धान बाली भित्र्याउन आग्रह गरेको छ। बुधबारदेखि दे…
विराटनगरका रेस्टुरेन्ट व्यवसायी जंगलमा मृत फेला
विराटनगर । विराटनगरको कञ्चनवारीस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्री जंगलमा मृत फेला परेका छन्। खत्री मोरङको केर…