मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार १४:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा अड्किएको नागरिकता विधेयकमाथि राष्ट्रिय सभामा प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार १४:४५:००

राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले प्रतिनिधिसभामा अड्किएको नागरिकता विधेयकमाथि संसदमा प्रश्न उठाएकी छिन् । लाखौँ युवासँग नागरिकता नहुँदा उनीहरूले मौलिक अधिकारको उपभोग गर्न नपाएको पौड्यालको भनाइ थियो ।

आजको राष्ट्रिय सभा बैठकमा उनले भनिन्, ‘प्रत्येकचोटि जब अधिवेशन सुरु हुने वेला हुन्छ, अधिवेशनको पहिलो दिन बिहानै मेरो मोबाइलमा एसएमएस आउँछ । लेखाइबाटै थाहा हुन्छ, नेपाली र पीडित  युवाहरू हुन् । उहाँहरूको अनुरोध हुन्छ– यसपालिको अधिवेशनबाट नागरिकता विधेयक पारित गरिदिनुपर्‍याे । त्यस्ता ६ लाख युवाको प्रतिनिधित्व गरेर हामी सांसदहरूकोमा एसएमएस पठाउनुहुन्छ । यसपालि पास होला भन्यो ! राष्ट्रिय सभामा आएकै छैन । विधेयक प्रतिनिधिसभामा साढे तीन वर्षदेखि थुप्रिएको छ । म बुझ्छु– मलाई एसएमएस गर्ने युवाहरूले मौलिक हकको कुनै पनि अधिकार स्वतन्त्र भएर उपभोग गर्न पाउनुभएको छैन ।’

संसद्ले नागरिकता विधेयक अड्काएर लाखौँ युवामाथि अपराध गरिरहेको उनको भनाइ थियो ।