मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण १ शुक्रबार १९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी राष्ट्रपतिले गराउने शपथ कार्य मिलेन ः नवनियुक्त महान्यायाधिवक्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण १ शुक्रबार १९:११:oo

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक  राष्ट्रपतिले  संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी गराउने शपथग्रहणकोे कार्य नमिलेको बताएका छन् । पदभार ग्रहणपछि महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकूल हुने काम राष्ट्रपतिले गर्नुभएको बताए ।

‘शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो,’ उनले भने ।  नेपाल  सरकारकोे  कानुनी सल्लाहकारको रूपमा राष्ट्रपतिज्यूसमक्ष सम्माननीय  प्रधानन्यायाधीशले  शपथग्रहण गराउनुपर्छ, तर राष्ट्रपति कार्यालयले त्यसो गरेन । जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँँछ भन्ने दृष्टिकोणले शपथ  गराइएको महान्यायाधिवक्ता खातीले बताए ।

यस्तै, महान्यायाधिवक्ता खातीले आफूमाथि ठूला चुनौैतीसँगै अवसर पनि रहेकोले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानुनी सल्लाह दिन सक्ने बताउँदै कस्तो किसिमको कानुन बनाउँदा राज्यलाई सहज हुन्छ र सरल रूपमा जनताले त्यसलाई उपयोग गर्न पाउँछन् भन्ने विषयमा काम गर्ने बताए ।