प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार कोडिभ– १९ को उपचार रोकथाम र व्यवस्थापनबारे कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सँग छलफल गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले हालसम्म कोरोनाको उपचार, रोकथाम र नियन्त्रणका लागि भएका गतिविधि, प्रयास र उपलब्धिबारे जानकारी लिएका छन् । मंगलबार प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि प्रधानमन्त्री देउवाले आगामी तीन महिनाभित्र एकतिहाइ जनसंख्यालाई खोप उपलब्ध गराउने र आगामी चैतमसान्तभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय लिएका थिए ।