पहिलो पृष्ठ
चुनौतीपूर्ण ‘पावर सिफ्ट’
– ०७४ को चुनावमा बढारिएको कांग्रेसका लागि सिंहदरबारको यात्रा कम्तीमा पाँच वर्ष लगभग असम्भव थियो । झन्डै दुईतिहाइ शक्ति रहेको नेकपा तहसनहस पारेर ओलीले दुई–दुईपटक संसद् विघटन गरी देउवाको सत्तारोहणको बाटो खोलिदिए । तर, उनका अगाडि चुनौतीका पहाड कायमै छन् ।
– शपथअघि नै राष्ट्रपति–प्रधानमन्त्रीबीच तनाव
– राष्ट्रपति कार्यालयले किन उल्लेख गरेन धारा ?
– देउवाको शपथमा ओली अनुपस्थित
– शपथ त खाए, तर विश्वासको मत अनिश्चित
देउवालाई मुख्य चार चुनौती
खोप, अर्थतन्त्र, ठूलो दल प्रतिपक्षमा, दिल्लीसँगको सम्बन्ध सुधार
अबको तयारी
– सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने
– ओलीले गरेका संवैधानिक राजनीतिक नियुक्ति खारेज
सर्वाेच्चको फैसलामा पहिलोपटक महान्यायाधिवक्तामाथि टिप्पणी
‘महान्यायाधिवक्ताको भाषा र शैली शोभनीय देखिएन’
पृष्ठ ३
४१ महिनामै टुंगियो ओलीको पाँचवर्षे यात्रा
– स्वेच्छाचारी ढंगले चल्नु, नीतिगत भ्रष्टाचारमा मुछिनु, पार्टी एकलौटी ढंगले चलाउनु, संविधान र कानुन नमान्ने प्रवृत्तिकै कारण पाँचवर्षे सरकारको जनादेश पाएका ओली ४१ महिनामै सिंहदरबारबाट बहिर्गमन हुनुपरेको छ
सरकारले सातै प्रदेशमा पठायो १६ लाख ८१ हजार डोज खोप
– ५५–५९ वर्ष उमेर समूह र ६० वर्षमाथिका छुटेका १८ लाखलाई पहिलो डोज खोप लगाइँदै
अर्थ पत्रिका
आर्थिक क्षेत्र भन्छ– नयाँ सरकारले नयाँ बजेट ल्याउनुपर्छ
– बजेटका विषयमा नयाँ सरकारले धारणा बनाएको छैन, तर पूर्वअर्थमन्त्री एवं अर्थविद्हरू भन्छन्– नयाँ कार्यक्रमसहित पूरक वा नयाँ बजेट ल्याउनैपर्छ
पेट्रोलियममा करको भार : डेढ खर्बको आयात गर्दा करिब एक खर्ब कर
नेप्से १६ अंकले बढ्दा कारोबार रकम भने घट्यो
– लगानीकर्ता राजनीतिक परिवर्तन र नयाँ अर्थमन्त्रीको रणनीति कुर्दै अझै ‘पर्ख र हेर’को पक्षमा रहँदा कारोबार रकम ५ अर्बमा सीमित
खेलकुद
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी
– सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट, एथलेटिक्सबाट सरस्वती चौधरी तथा पौडीमा गौरिका सिंह र एलेक्स साहले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने