पछिल्लो २४ घन्टामा देशभर दुई हजार तीन सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा एक हजार ६ सय ३९ र एन्टिजेन परीक्षणमा सात सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार यो अवधिमा सात हजार ५८ जनाको पिसिआर परीक्षण र तीन हजार नौ सय ५४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार मंगलबार २४ घन्टामा दुई हजार ७८ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।