मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २८ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २८ सोमबार १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको फैसलाले जनताको जित र संविधानको रक्षा भयो : सभामुख सापकोटा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २८ सोमबार १८:४o:oo

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद् पुनस्र्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिए । उनले नेपालको संविधान प्रस्ट रहेको भन्दै त्यही प्रस्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए । 

सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरूलाई पनि दिशानिर्देश गरेको उनको भनाइ छ । सर्वोच्चले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको सापकोटाको भनाइ छ । 

सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरूलाई विगतको समीक्षा गर्दै संसदलाई प्रभावकारी रूपले सञ्चालन गर्न व्यवस्थित र शृंखलाबद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गरे । प्रतिनिधिसभा विघटन गरेर राजनीतिक व्यवस्थामाथि नै धक्का दिन खोजिएको भन्दै उनले अब त्यसप्रकारको खतराको अन्त्य भएको बताए । 

सभामुख सापकोटाले अब आफ्नो भूमिका र दायित्व पनि बढेको बताए । आफूले संसद्को गरिमा र ओज बढाउन जिम्मेवारीपूर्वक काम गर्ने उनको भनाइ छ ।