१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ असार २२ मंगलबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक सय ५० केजी गाँजा र नक्कली पेस्तोलसहित दुई पक्राउ     

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार २२ मंगलबार १३:४९:००

एक सय ५० केजी गाँजा र नक्कली पेस्तालसहित दुईजना पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका– ८ शुक्रबारेस्थित चतराबाट एक सय ५० केजी गाँजा र नक्कली पेस्तोलसहित सोही स्थानका २२ वर्षीय भूपेन राय र सुनसरी रामधुनी– ७ का २५ वर्षीय अमिर लिम्बू पक्राउ परेका हुन् । तस्करीमा संलग्न दुईजना फरार भएका छन् । 

गएराति १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा तस्करीमा संलग्न दुईजनासहित  गाँजा बोकेको को.२च ११२ नम्बरको मारुती भ्यान र को.२प ३५०२ नम्बरको मोटरसाइकल र एक थान नक्कली पेस्तोल पनि बरामद गरेको  प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गाँजा बोकेर चतराबाट दक्षिणतर्फ आइरहेको भ्यानको  सिटमा तस्करहरूले  नक्कली पेस्तोल लुकाएर राखेका थिए । गाँजा तस्करीमा संलग्न  फरार दुईजनाको  खोजी भइरहेको प्रहरीले जनाएको छ ।