१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७८ असार २१ सोमबार ०९:४१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घरैमा यसरी बनाउनुहोस् मासुको अचार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७८ असार २१ सोमबार ०९:४१:००

पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ । 

भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार समाजबाट मासुको अचार बनाउने विधि–विस्तार भएको विज्ञहरूको अनुमान छ । तर, जो जसले भित्र्याए पनि यो सबै समुदायमा प्रिय हुँदै गएको छ । आज हामीले यहाँ चिकनको अचार बनाउने तरिका र चाहिने सामग्रीबारे चर्चा गर्नेछौँ । 

चिकेन अचारका लागि चाहिने सामग्री : बोनलेस चिकेन आधा केजी, तोरीको तेल ४० एमएल, मेथी आधा चिया चम्चा, अदुवा १५ ग्राम, लसुन २० ग्राम, सुकेको खुर्सानी ६ पिस, सोप एक चिया चम्चा, तोरीको दाना एक चिया चम्चा, नुन स्वादअनुसार, गेडाजिरा सात ग्राम, गेडा धनियाँ १० ग्राम, इम्लीको रस वा कगतीको रस २५ एमएल, भेनेगर ७ एमएल, मरिचको दाना एक चिया चम्चा 

चिकेन अचार बनाउने विधि : सर्बप्रथम चिकेनलाई डाइस वा स्ट्रिपकटमा काट्नुस् अनि नुन, बेसार कागती मोलेर तातेको तोरिको तेलमा मज्जाले खरो हुने गरी भुट्नुस् । बाउन कलर आउना साथ झाजरले छानेर एक साइडमा राख्नुस । अर्को सुक्खा प्यानमा सुकेको डल्ले खुर्सानी, मरिच, धनियाँ, जिरा, मेथी, तोरी, टिमुर हालेर रोस्ट गर्नुस् र हल्का चिसो हुनासाथ सिलौटो या ग्राइन्डरमा पिस्नुस् एक साइडमा राख्नुस् ।

तातेको तोरिको तेलमा मसिनो गरी काटेको अदुवा, लसुन फुराउनुस र ब्राउन हुनासाथ हिट कम गरेर पिसेको मसला हालेर केहीबेर पकाउनुहोस् । अब रोस्ट गरेको चिकन हालेर चलाउनुस । अन्तमा चिसो हुनासाथ भिनेगर, कागतीको रस र इम्लीको झोल हालेर मिक्स गरेपछि एयरटाइट सुक्खा सिसीमा हालेर सामान्य तापक्रममा राख्नुस् जुन तीनदेखि ६ महिनासम्म प्रयोग गर्न सकिन्छ । मासुको अचार निकाल्दा सुक्खा र सफा काठको या स्टिलको चम्चा प्रयोग गर्नुपर्छ । कुखुराको मासुको अचारजस्तै बफ, टर्की, बंगुर, अस्ट्रिच, खसी, माछा, झिंगेमाछाको पनि सहजैसँग अचार बनाउन सकिन्छ ।