मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार १६ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार १६ बुधबार o९:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई फाउन्डेसनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १६ बुधबार o९:१३:oo

आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई उपकरण हस्तान्तरण गरेका हुन् । 

यसअघि नेसनल बिजनेस इनिसिएटिभ र आइएमई फाउन्डेसनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको जनाइएको थियो । सम्झौताअनुसार नेसनल बिजनेस इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो । 

फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड २८ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको जनाएको छ । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि पहिले पनि करिब ३ करोड रुपैयाँ मूल्यबराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरिसकेको जनाएको छ ।