१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १४:२o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

दुई महिनादेखि अस्पतालको कुनामा थन्कियो ३८ लाख ८० हजारको अक्सिजन प्लान्ट 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२o:oo

जिल्ला अस्पतालमा दुई महिनाअघि आइपुगेको अक्सिजन प्लान्ट अस्पतालको एउटा कुनामा थन्किएको छ । गत वैशाख २४ गते अस्पतालमा आइपुगेको उक्त मेसिन हालसम्म प्रयोगविहीन अवस्थामा रहेको हो ।

कोरोना महामारीलाई लक्षित गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका आठ जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडानका  लागि बजेट व्यवस्थापन गरेको थियो । 

उक्त मेसिन खरिद प्रक्रियामा गडबडी गरी अक्सिजन प्लान्टको नाममा कम्सल अक्सिजन सिस्टम जेनेरेटर नामको सामान खरिद गरिएको भन्दै विभिन्न सञ्चारमध्याममा समाचार आएसँगै विवाद बढेपछि कर्णाली प्रदेश संसदीय लेखा समिति र अख्तियारले तत्काल छानबिन सुरु गरेका हुन् । 

उक्त छानबिन प्रक्रिया कहाँसम्म पुगेको भन्ने जानकारी कार्यालयमा नआएकाले सामान जडानमा ढिलाइ भएको स्वास्थ्य सेवा कार्यालय मुगुकी प्रमुख करुणा भट्टराईले जानकारी दिइन् । प्रदेश संसदीय लेखा समितिले अक्सिजन सामान जडानसम्बन्धी थप जानकारी नगराएसम्म जडान कार्यको कुनै पनि प्रक्रिया अगाडि  बढाउन नसकिने उनको भनाइ छ । 

प्रदेशले हामीलाइ जे निर्देशन गर्छ त्यहीअनुसार अगाडि बढ्ने उनले बताइन् । अक्सिजन जडानका निम्ति पाइपलाइनको सामान पनि नभएको र उक्त पाइपलाइन खरिदका लागि जेठ महिनामै दुईपटकसम्म सूचना प्रकाशन गर्दासमेत सामान खरिदका लागि कुनै कम्पनीको निवेदन नपरेको उनले बताइन् । 

छानबिन प्रक्रियाको हालसम्म टुंगो नलाग्दा ३८ लाख ८० हजारको मेसिन अस्पतालको कुनामा थन्किएको छ भने पाइपलाइन खरिदका लागि छुट्याइएको १५ लाख रकमसमेत आर्थिक वर्ष सकिनै लाग्दा फ्रिज हुने भएको छ । जेठ १६ गते प्रदेश संसदीय समितिले अक्सिजन प्लान्ट खरिदको सम्पूर्ण कागजात जिल्लाबाट मगाएको र अझैसम्म सामान जडान विषयमा नबोलेको अवस्थाले गर्दा मेसिन जडान प्रक्रिया अन्योल बनेको छ । 

यसरी दुर्गमका जनताको स्वास्थ्यसँग जोडिएर आएको लाखौँ रकम बजेट र उपकरणहरू बर्सेनि अलपत्र हुने गरेको जानकारहरू बताउँछन् । दुर्गम मुगुको अस्पतालमा दुई महिनाअघि पुगेको झन्डै आधा करोड रकमबराबरको अक्सिजन प्लान्ट नामको अक्सिजन सिस्टम जेनेरेटर सामान महिनौदेखि कुनामा थन्किएको अवस्थामा छ । तर, सम्बन्धित सरोकारवाला सबै निकाय यस विषयमा मौन अवस्थामा बसेको स्थानीयको आरोप छ । जिल्लामा लाखौँको सामान थन्किएको छ भने अस्पतालमा रहेका खाली अक्सिजन सिलिन्डरहरू भर्नका लागि नेपालगन्जलगायतका सहरमा पठाउनु पर्ने अवस्था छ । 

सामानको पूरै भुक्तानी भइसकेको
गत वैशाख २४ गते अक्सिजन प्लान्ट नामको सामान मुगु अस्पताल आइपुगे पछि वैशाख २८ गते विभूति मेडिटेक इन्टरनेसनल सप्लायर्सलाई ३८ लाख ८० हजार रकम भुक्तानी गरिएको  जिल्ला स्वास्थ्यसेवा कर्यालय मुगुका तत्कालीन लेखा अधिकृत सुरेशकुमार केसीको भनाइ छ ।

सामानको भुक्तानी दिँदाको समयमा कार्यालय प्रमुखमा ज्ञानसिंह बुढा र लेखापालमा सुरेशकुमार केसी रहेका थिए । हाल कार्यालय प्रमुख र लेखापाल दुवै नयाँ छन् । उक्त मेसिनको मूल्य २० लाख ४३ हजार मूल्य परेको भन्सार प्रज्ञापत्रमा वीरगन्ज भन्सारले प्रमाणित गरेको कागज आफूसँग भएको विभूति मेडिटेड इन्टरनेसनल सप्लायर्सका सञ्चालक विकास सापकोटाले बताए । यो मेसिन चीनको जिनानको मेडिटेक कम्पनीमा खरिद गरिएको र भारतको कलकत्ता हुँदै वीरगन्ज भन्सारसम्म, भन्सार खर्च ढुवानीसमेत गरेर सामान मुगु पुग्दासम्म ३३ लाख ५० हजार खर्च पुगेको उनको भनाइ छ । सम्झौताअनुसारको सामान मुगु पुर्‍याइसकेपछि पूरै भुक्तानी लिइसकेको उनको भनाइ छ ।

काठमाडौंदेखि मुगु ६ पटकको आउने जाने भडा र अन्य खर्च प्राविधिक खर्चसमेत जोड्दा ३९ लाख ७९ हजार खर्च पुगेको सापकोटाले बताए । गत मंसिर १८ गते अस्पतालमा अक्सिजन प्लान्टका खरिदका लागि सूचना बोलपत्र आह्वान गर्दा विभूति मेडिटेड इन्टरनेसनल सप्लायर्सको मात्रै एकल दर्खास्त परेको थियो ।

अक्सिजन जडानका निम्ति पाइपलाइनको सामान पनि नभएको र उक्त पाइपलाइन खरिदका लागि जेठ महिनामै दुईपटकसम्म सूचना प्रकाशन गर्दासमेत सामान खरिदक लागि कुनै कम्पनीको निवेदन नपरेको उनले बताइन् । छानबिन प्रक्रियाको हालसम्म टुंगो नलाग्दा ३८ लाख ८० हजारको मेसिन अस्पतालको कुनामा थन्किएको छ भने पाइपलाइन खरिदका लागि छुट्याइएको १५ लाख रकमसमेत आर्थिक वर्ष सकिनै लाग्दा फ्रिज हुने भएको छ ।

जेठ १६ गते प्रदेश संसदीय समितिले अक्सिजन प्लान्ट खरिदको सम्पूर्ण कागजात जिल्लाबाट मगाएको र अझैसम्म सामान जडानको विषयमा नबोलेको अवस्थाले गर्दा मेसिन जडान प्रक्रिया अन्योल बनेको छ । यसरी दुर्गमका जनताको स्वास्थ्यसँग जोडिएर आएको लाखौँ रकम बजेट र उपकरणहरू बर्सेनि अलपत्र हुने गरेको जानकारहरू बताउँछन् ।

दुर्गम मुगुको अस्पतालमा दुई महिनाअघि पुगेको झन्डै आधा करोड रकमबराबरको अक्सिजन प्लान्ट नामको अक्सिजन सिस्टम जेनेरेटर सामान महिनौदेखि कुनामा थन्किएको अवस्थामा छ । तर, सम्बन्धित सरोकारवाला सबै निकाय यस विषयमा मौन अवस्थामा बसेको स्थानीयको आरोप छ । जिल्लामा लाखौँको सामान थन्किएको छ भने अस्पतालमा रहेका खाली अक्सिजन सिलिन्डरहरू भर्नका लागि नेपालगन्जलगायतका सहरमा पठाउनुपर्ने अवस्था छ ।