१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:o२:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट  केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्। १४औँ महाधिवेशनबारे छलफल गर्न पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूलाई डाकेका हुन्।

पौडेका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार बिहीबार २ बजेका लागि भेला डाकिएको छ।   गत ४ असारमा बसेको केन्द्रीय समिति बैठकले १६ भदौबाट महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेको छ। 

केन्द्रीय समितिको बैठकलगत्तै कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ। सभापति शेरबहादुर देउवाले महाधिवेशनलक्षित गतिविधि थालिसकेका छन्। 

उपसभापति विमलेन्द्र निधिले समेत महाधिवेशनको तयारी थालेका छन्। सभापति पदमा दाबी गर्दै निधिले आफूनिकट र अन्य समूहका नेताहरूसँग छलफल गरिसकेका छन्।  

पौडेल समूहमा सभापतिका धेरै आकांक्षी छन्। १३औँ महाधिवेशनमा सभापतिमा पराजित भएका पौडेल आफैँ सभापतिका आकांक्षी हुन् । 

महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुनरसिंह केसी, डा. शेखर कोइरालालगायत पनि सभापतिका आकांक्षी हुन्। 

धेरै आकांक्षी देखिएको अवस्थामा पौडेलले केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका हुन्।

ad
ad