१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ७ सोमबार ०७:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी प्रदेशका विभिन्न सहरमा नेपाल टेलिकमको एनटी टिभी सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ७ सोमबार ०७:०७:००

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा एफटिटिएचमार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले एनटी टिभी ब्रान्डको यो सेवा पहिलो चरणमा भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवालगायतका स्थानमा वितरण सुरु गरेको हो । 

प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालयमातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए । टेलिकमले एफटिटिएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ‘ट्रिपल प्ले’को अवधारणा कार्यान्वयनमा आउने भएको कम्पनीले 
जनाएको छ । 

हाल वितरित एनटी टिभी सेवामा देशका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरू उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्रायः सबै विदेशी टेलिभिजन च्यानलहरू ग्राहकलाई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले बेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको जनाएको छ । बेसिकमा १ सय २ टेलिभिजन च्यानलहरू र प्रिमियममा १ सय ८५ टेलिभिजन च्यानलहरू हेर्न सकिने टेलिकमले जनाएको छ । योे सेवा काठमाडाैं उपत्यकाका साथै बनेपा र चितवनमा पनि उपलब्ध रहेको जनाइएको छ ।