Skip This
ad
खराब मौसमका कारण मनाङमा रोकिए गण्डकीका मुख्यमन्त्री पोखरेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार २१:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खराब मौसमका कारण मनाङमा रोकिए गण्डकीका मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २१:३३:oo

खराब मौसमका कारण बाढीपीडितलाई राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्र चामे पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङको सदरमुकाम चामेमै रोकिएको छ । पोखरेलसहित मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र सांसद चिन्ताबहादुर घले पनि चामेमै छन् । 

मुख्यमन्त्रीसँगै पोखराबाट मनाङ गएका सञ्चारकर्मी प्रकाश ढकालले हेलिकोप्टर मौसम असहज भएपछि चामेमै फर्किएको बताए । बाढीले विस्थापित केही स्थानीयलाई उद्धार गरेर पोखरा लैजाने तयारी थियो । तर, उडिसकेको सेनाको हेलिकोप्टर मौसम प्रतिकूल भएको भन्दै चामेमै ल्यान्ड भएको छ । मुख्यमन्त्री चामेमै रोकिएपछि प्रदेश सभामा शुक्रबार विश्वासको मत लिने कार्यक्रम प्रभावित हुने देखिएको छ । 

बिहीबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत मुख्यमन्त्री र सांसदको टोली मनाङ पुगेको थियो ।

पोखराबाट राहत लिएर गएका मुख्यमन्त्रीले प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा प्रहरीलगायत सुरक्षा निकायका अंगसँग आवश्यक जानकारी लिँदै उद्धारका लागि कुनै कमी नराख्न निर्देशन दिएका थिए ।

उनले प्रदेश सरकारले उद्धारमा सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै निर्धक्कका साथ काम गर्न प्रजिअ तथा सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

यो पनि
सेनाको हेलिकोप्टरबाट मनाङमा ३५ जनाको उद्धार (फोटोफिचर)

ad
ad