Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २ बुधबार ११:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपत्तिमा परेकाको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २ बुधबार ११:५५:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघिदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागहरूमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै महाविपत्तिमा परेकालाई राहत र उद्धारमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवीलाई धन्यवाद दिए । उनले  हरेक वर्ष वर्षायाममा तराई–मधेस डुब्ने र पहाडी भूभागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्यका लागि प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका छन् ।

बाढी र पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले  शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी र पहिरोमा परी हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरे । 

मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरूको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको उनको ठहर छ । 

बाढीपहिरोले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागहरूमा धनजनको ठूलो क्षति भएको छ भने कोसी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकालीलगायतका नदीहरूमा पानीको बहाव उच्च भई बस्तीहरू डुब्ने खतरा पैदा भएको छ ।