१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १५ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ १५ शनिबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारी दुई कम्पनीबाट खाद्यान्न किन्नेलाई २० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ १५ शनिबार १६:४६:oo

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर सरकारी स्वामित्वका दुई कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनबाट खाद्यान्न खरिद गर्नेलाई २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । 

अहिले निषेधाज्ञामा यी दुई कम्पनीले मात्र घरघरमा खाद्यान्न डेलिभरी गर्ने अनुमति पाएका छन् । खाद्य कम्पनीले कम्तीमा दुई हजार रुपैयाँको खाद्यान्न खरिद गर्नेलाई मात्र होम डेलिभरीको व्यवस्था गरेको छ भने साल्ट ट्रेडिङले आफैँ घुम्तीसेवा दिइरहेको छ । तर, दुवै कम्पनीको सेवा उपत्यकामा मात्रै केन्द्रित छ ।

ad
ad
ad
ad