मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ११ मंगलबार
  • Sunday, 24 November, 2024
२o७८ जेठ ११ मंगलबार १७:४४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उच्च अंकले बढेको नेप्सेमा सामान्य करेक्सन, जीवन बिमा र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ११ मंगलबार १७:४४:oo

उच्च अंकले बढेको नेप्से परिसूचकमा मंगलबार सामान्य करेक्सन भएको छ । साताको पहिलो कारोबारबाटै उच्च रेकर्ड बनाएको नेप्सेमा सामान्य करेक्सन हुन पुगेको हो । सोमबार नेप्से सूचक २८ सय २३ बिन्दुमा पुुगेर बन्द भएको थियो भने कारोबार रकम १३ अर्बभन्दा माथि हुँदै नयाँ रेकर्ड बनाएकोे थियो । मंगलबार नेप्से सूचक ६.५० अंकले घटेर २८ सय १६.५६ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ४.५१ बिन्दुुले घटेर ५.३ बिन्दुमा पुुगेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहको सूचकमध्ये सात समूहको सूचक नकारात्मक रहेको छ भने ६ समूहको सूचक सकारात्मक रहेको छ । सबैभन्दा धेरै घट्नेमा वाणिज्य बैंक, विकास बैंक रहेका छन् । लगानीगत कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । हाइड्रोपावर कम्पनी, जीवन बिमा, निर्जीवन बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

धितोपत्र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १९ कम्पनीको दुई करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अरुण काबेली पावर कम्पनी रहेको छ । कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा एसियन लाइफ इस्योरेन्स रहेको छ । 

इस्योरेन्सको ३३ करोेड ८ लाख रुपैयाँको कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिक इन्भेष्टमेन्ट डेभलपमेन्ट बैंकको ३० करोड ३४ लाख रुपैयाँ कारोबार भएको छ ।

सबैभन्दा धेरै घट्ने कम्पनीमा पल्टिप्रपोज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स कम्पनी रहेका छन् । त्यस्तै, सबैभन्दा धेरै बढ्ने कम्पनीमा बरुण हाइड्रो पावर, माउन्टेन हाइड्रो पावर नेपाल, युनिभर्सल पावर कम्पनीको करिब १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ । 

यस दिन बरुण हाइड्रोपावर कम्पनीको ४४ रुपैयाँ बढेर प्रतिसेयर मूल्य ४ सय ८६ रुपैयाँ कायम रहेको छ । त्यस्तै, माउन्टेन हाइड्रोपावर कम्पनीको ३४ रुपैयाँ बढेर प्रतिसेयर मूल्य तीन सय ७९ रुपैयाँ कायम भएको छ ।