Skip This
ad
एनसेलद्वारा सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलद्वारा सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:o६:oo

एनसेल आजियाटा लिमिटेडले कोभिड–१९ को संक्रमणले ल्याएको जोखिम कम गर्न सरकारलाई प्रदान गर्ने योजना बनाएको १ सय ५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरमध्ये पहिलो लट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटरको पहिलो लट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत १ सय ५० थानभन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्घता जनाएको एनसेलले जनाएको छ । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरूमा यी कन्सन्ट्रेटर हस्तान्तरण गरिने जनाइएको छ । 

प्रमुख कार्यकारी अधिकृत चोङले भने, ‘एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा महामारी सुरु भएलगत्तै गत वर्ष सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्‍यौँ । कोभिड प्रतिकार्यअन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि सुरु गरिसकेका छौँ ।’ यसले चौबिसै घन्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहुँ स्वास्थ्य परामर्श प्रदान गर्ने उनले बताए । 

एनसेल कोभिड–१९ हटलाइन सेवामा फोन गरी कोरोना भाइरस रोगसम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने कम्पनीले जनाएको छ । साथै, धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्ने जनाइएको छ । 

ad
ad