मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ८ शनिबार
  • Thursday, 19 December, 2024
२o७८ जेठ ८ शनिबार १८:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुली–काठमाडौं सम्पर्क समितिद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ८ शनिबार १८:४६:oo

कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले सिन्धुली दुधौली नगरपालिका–५ स्थित कोभिड आइसोलेसन अस्पताल सिर्थौलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतको प्रमुख आतिथ्य र कांग्रेस सिन्धुलीका सभापति उज्वलप्रसाद बरालको विशिष्ट आतिथ्यतामा शुक्रबार समितिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 

स्वास्थ्यकर्मीलाई संक्रमित बिरामीको रेखदेख गर्न सहज होस् भन्ने हेतुले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समितिले जनाएको छ । बिपी स्टडी युथ सर्कल सिन्धुलीका सभापति रोशन काफ्ले, सिन्धुली–काठमाडौं सम्पर्क समितिका सदस्य बिपी स्टडी युथ सर्कल सिन्धुलीका वरिष्ठ उपाध्यक्ष डा. मनीष कार्कीको समन्वयकारी भूमिका तथा सम्पर्क समितिका सभापति विदुर वाइबा, उपसभापति समाजसेवी युवराज गुरुङ, सहसचिव बलराम कार्की, पवक्ता राजेन्द्र कार्की, सदस्य केदार बानियाँ, आशिष भट्टराई, कमल अधिकारी, पदम लामा र दुधौली–५ का युवा समाजसेवी कपिल क्षत्रीको विशेष सहयोगमा आवश्यक स्वास्थ्य सामग्री, उपकरण अस्पताललाई हस्तान्तरण गरिएको समितिले जनाएको छ ।